आज देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले एकरदुई ठाउँमा ठूलो वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिनुभयो । अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको तथा आजदेखि थप बढ्ने भएकाले मौसमको अवस्थाअनुसार सावधानी अपनाएर काम गर्न अनुरोध गर्नुभएको छ ।
यसको असर पश्चिम नेपालमा बढी रहेको र ती क्षेत्रमा बिहानैदेखि असर गर्ने बताउनुभयो । उहाँका अनुसार दिउँसो त्यसको असर काठमाण्डौमा पनि आइपुग्ने छ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू–भागका केही ठाउँहरुमा, मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको तराई भू–भागका थोरै ठाउँहरुमा मेघगर्जनरचट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एकरदुई ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना छ । मधेश, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भू–भागका केही ठाउँहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि पनि कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा तथा मधेश प्रदेशको एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।










