८ मंसिर २०८३, मंगलवार
मादक पदार्थ सेवनपछि कुटपिट, प्रहरीद्वारा हवाइ फायर

  • टाइम्स संवाददाता

  • ८ मंसिर २०८३, मंगलवार ११:३०

बाँकेको चिसापानीमा गोली चलेको छ । आज बिहान ४ बजेको समयमा १५ जनाको समूहले मादक पदार्थ सेवनपछि एक जनामाथि कुटपिट गरेकाले गोली चलाउन परेको प्रहरीको भनाइ छ ।

बैजनाथ गाउँपालिका–१ चिसापानीमा भएको पूर्णिमा जात्रामा उक्त घटना भएको हो । स्थानीय २३ वर्षे मनोज सुनार, २८ वर्षे दिपक सुनार, २० वर्षे दिनेश सुनारलगायत १५ जनाको समूहले मादक पदार्थ सेवन गरेर स्थानीय बानियाभार बस्ने ४२ वर्षे प्रेम बहादुर थापालाई निर्घात कुटपिट गरेको थियो ।

इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी नायव निरीक्षक डिल बहादुर गिरीको कमाण्डमा खटिएको ११ जनाको टोलीले उक्त समूहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै ढुङ्गामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा आठ राउण्ड ९आठ० हवाई फायर गरिएको हो । कुटपिटमा घाईते थापाको मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ ।

घटनामा संलग्न मनोज सुनारलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कोहलपुर पठाएको छ । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा प्रहरी नायव निरिक्षक गिरी, प्रहरी सहायक हवल्दार बालकृष्ण जि।सी।, प्रहरी सहायक हवल्दार रेशम चौधरी र प्रहरी जवान अमर खत्री घाइते भएका छन् ।

Nabintech