१८ बैशाख २०८१, मंगलवार
दाङमा अत्याधुनिक हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ

  • टाइम्स संवाददाता

  • १९ श्रावण २०७८, मंगलवार १६:२७

देउखुरीको कालाकाटेबाट प्रहरीले अत्याधुनिक हतियारसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खान रहेका छन् । उनीहरुको साथबाट अत्याधुनिक पेस्तोल, त्यसमा लाग्ने दुई वटा म्याग्जीन र दुई राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरू हतियार बेच्न नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nabintech