१८ बैशाख २०८१, मंगलवार
एक हजार ३३२ जना सङ्क्रमित थपिए, सात जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ३० भाद्र २०७८, बुधबार १७:१७

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३३२ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा १२ हजार ५२४ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै सोही अवधिमा चार हजार ३२० वटा एन्टीजेन परीक्षण गर्दा ४२८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार २२० जना सङ्क्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा सात जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ९९१ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । त्यस्तै उपत्यकामा पछिल्लो २४ घण्टामा ४९५ जना सङ्क्रमित थपिएका छन् ।

Nabintech