१८ बैशाख २०८१, मंगलवार
खुल्ला सीमाका कारण अवैध तस्करी बढ्दै : प्रजिअ खत्री

  • टाइम्स संवाददाता

  • ८ कार्तिक २०७८, सोमबार १७:०५

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले नेपाल भारतको खुल्ला सीमाका कारण तस्करी बढ्दै गईरहेको बताएका छन् । बाँके जिल्ला नेपाल र भारतको करिब ६५ किलोमिटर खुल्ला सीमासँग जोडिएकाले भारतबाट हुने अवैध तस्करी रोक्नका लागि असज भईरहेको बताएका छन् । बाँकेको कोहलपुरमा रिपोटर्स क्लब बाँकेद्धारा वडा दशैं, शुभदिपावली, छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले बाँके जिल्ला प्रशासनले भारतबाट हुने अवैध तस्करी न्यूनिकरणका लागि विशेष नीति लिई काम गरिरहेको बताएका छन् । साथै उनले बाँके जिल्ला भित्र शान्ति सद्भाव कायम गर्नका लागि जिल्ला प्रशासनले विशेष सुरक्षा नीति लिएको बताउँदै जिल्लामा शान्ति सुरक्षा कायम गराउनका लागि आम नागरिकहरुले आवश्यक सहयोग गरिदिनका लागि अनुरोध समेत गरेका छन् । जिल्लामा हुने कालोबजारी, मूल्य वृृद्धि लगायत अन्य अपराधिक गतिविधिहरु रोक्नका लागि सम्बन्धित पक्षलाई सजक हुन निर्देशन समेत दिएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले नेपाल भारतको खुल्ला सीमाका कारण बाँकेमा व्यवसाय गर्न समस्या आईरहेकाले व्यवसायिहरुले भोग्दै आएमा समस्यालाई समाधान गर्नका लागि जिल्ला प्रशासनले पहल गर्नुपर्ने बताएका छन् । खुल्ला सीमामा कडाई गर्ने निकाय नै मौन बस्दा व्यवसायीहरु मारमा परेको बताएका छन् । कार्यक्रममा रिपोटर्स क्लब बाँकेका अध्यक्ष जयसिंक केसीले चार्ड पर्वको समयमा हरेक वस्तुमा मूल्य वृद्धिका कारण आम उपभोक्ताहरु मारमा परिरहेकाले प्रशासनले बजार अनुगमनलाई तिव्रता दिनुपर्ने बताएका छन् । साथै उनले बाँके जिल्लाको शान्ति, सुरक्षालाई जनमैत्री बनाउनका लागि प्रमुख जिल्ला अधिकारीले विशेष योजनाका साथ काम गर्नुपर्ने बताएका छन् । कार्यक्रममा विभिन्न कार्यालयका प्रनितिधि, सुरक्षा निकाय लगायतका सहभागिता रहेको थियो ।

Nabintech