१४ बैशाख २०८१, शुक्रबार
इजरायल र प्यालेस्टाइनका राष्ट्रप्रमुखलाई बाइडेनको फोन, द्वन्द्व अन्त्य गर्न आह्वान

  • टाइम्स संवाददाता

  • २ जेष्ठ २०७८, आईतवार ०७:०९

तत्काल इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय समुदायले आग्रह गरेको छ । इजरायलले प्यालेस्टाइनको गाजामा मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिकाका राष्ट्रपति बाइडेनले दुवै देशका प्रमुखहरुलाई फोन गरेर द्वन्द्व अन्त्य गर्न आग्रह गर्नुभएको छ । बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेस्टाइनका राष्ट्रपति ममम्मुद अब्बासलाई फोन गरेर तत्काल द्वन्द्व​ अन्त्य गर्न आग्रह गर्नुभएको हो । यस्तै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले पनि दुई देशबीचको समस्या समाधानका लागि आवश्यक छलफल गर्न आजका लागि बैठक बोलाएको छ । इजरायलले हिजो गरेको आक्रमणमा परेर १० जनाभन्दा धेरै व्यक्तिको ज्यान गएको छ । समाचार संस्था एपी र अल जजिराको कार्यालय समेत रहेको भवनमा इजरायलले मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ । इजरायलले शरणार्थी शिविरहरुमा हवाइ आक्रमण गरेको हो । गाजामा सक्रिय हमासका लडाकुलाई लक्षित गरी इजरायलले यो हप्ताको शुरुदेखि हवाइ तथा स्थल आक्रमण गरिरहेको छ । अरब र यहुदी समुदायबीच पनि इजरायलभित्रै हिंसात्मक झडपहरु भैररहेका छन् । केही वर्षदेखि प्यालेस्टिनी समस्याको समाधानका लागि ठोस पहल र शान्तिवार्ता हुन सकेका छैनन् ।

Nabintech