२५ बैशाख २०८१, मंगलवार
जैबिक बिबिधता संरक्षणमा सरोकारवाल एकजुट हुदै

सातबुदे घोषण पत्र जारी


  • टाइम्स संवाददाता

  • १४ बैशाख २०८१, शुक्रबार २०:४०

राँझा ,बाँके : जलबायु परिर्बतन यसले पारिरेको प्रभाब र जैबिक बिबिधता संरक्षणमा के कस्ता काम भइरहेका छन सामुदायिक वनको भुमिका के छ भन्ने बिषयमा कम्दी करीडोर अन्र्तगत नेपालगन्ज सव डिभिजन बन कार्यालय अन्र्तगतका सरोकारवाल निकायहरु वीच जैबिक चौतारी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत शाहीले जैबिक बिबिधता संरक्षणको लागी भइरहेका प्रयास सामुदायिक वनले पछिल्लो समयमा वन बन्यजन्तु र संरक्षणमा महत्वपुर्ण भुमिका खेलेको बताएका थिए । कार्यक्रमको प्रमुख अथिती समेत रहेका शाहीले जैबिक चौतारी कार्यक्रमले संरक्षणमा भएका कुरा बिषयहरुलाई यसरी छलफल गर्न पाउनु महत्वपुर्ण उपलब्धी भएको बताएका थिए । जैबिक बिबिधताको सवालमा सव डिभिजन वन कार्यालयको महतहतको क्षेत्र उच्च जनघन्त्वका कारण जोखिमा रहेको समेत बताएका थिए ।


कार्यक्रममा नेपालगन्ज सब डिभिजन वनकार्यालयका बरिष्ठ वन अधिकृत राजकुमार चौधरीले जैबिक बिबिधता संरक्षण इको सिस्टमलाई सहयोग पुराउने महत्वपुर्ण चक्र भएकोले सबै मिलेर काम गरेयो भने सफलता पाउन सकिने र अहिले चारैतिर वन डढेलोका घटना भइरहेका बेला यो कार्यक्रम सचेतनामुलक भएको बताएका थिए ।


कार्यक्रमा सहभागी भएका अधिकाश बक्ताहरुले यस्ताखोले कार्यक्रमले समुदायस्तरमा चेतना फैलाउनलाई सहयोग पुराउने भएको हुदा निरन्तरता दिनु पर्ने बताएका थिए । संरक्षणमा भइरहेका उपलब्धीको बिषयमा अनुभव आदान प्रदान गर्न पाउने एउटा महत्वपुर्ण पेलेट फम भएको सहभागीको भनाइ रहेको थियो ।
यस क्षेत्रको साल वनलाई संरक्षण गर्न र ताल तलैयाहरुको प्रर्बधनको लागी सबै सरोकारवाल निकाय प्रतिबद्ध हुने पर्ने ७ बुदे घोषण पत्र समेत जारी गरिएको थियो ।


कार्यक्रम युथ मिडिया हबका कार्यक्रम संयोजक बिरङ्गना योगी ले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन भने युथ मिडिया हबकी सुचना अधिकृत सरला सुबेदीले कार्यक्रमको आबश्यकताको बारेमा प्रकास पारेकी थिइन कार्यक्रमको सहजीकरण युथ मिडिया हबका निर्देशक हुमहरी भटटराईले गरेका थिए ।

Nabintech