१४ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा मगर र गुरुङ्ग समुदायको संयुक्त आयोजनामा तिजको शुभकामना आदान प्रदान

  • टाइम्स संवाददाता

  • १९ भाद्र २०७८, शनिबार २०:०७

बाँकेको कोहलपुरमा मगर र गुरुङ्ग समुदायको संयुक्त आयोजनामा तिजको शुभकामना आदान प्रदान तथा दर कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ नगर समिति कोहलपुर, बाँके र तमु ह्युल छाेंज धी (गुरुङ्ग राष्ट्रिय परिषद्) इकाइ समिति कोहलपुर, बाँकेको आयोजनामा नेपाली नारीहरुको महान पर्व हरितालिका (तिज)को अवसरमा शुभकामना आदान प्रदान तथा दर कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य उषा पुन मगरले नेपाली नारीहरुको महानपर्व तिज जस्ता पर्वहरुको संरक्षण गर्न आवश्यक रहेको बताएकी छिन् । साथै उनले विभिन्न जातजातिहरुलाई एक बनाउनका लागि यस्ता पर्वहरुले महत्वपूर्ण भूमिका खेलिरहेको बताएकी छिन् ।
कार्यक्रममा बोल्दै नेपाल मगर संघ जिल्ला कार्य समिति बाँकेका अध्यक्ष भुपेन्द्र पुन मगरले नेपालका जनजातिहरुले परम्परागत रुपमा चलिरहेका पर्वहरुको संरक्षण गरिरहेको बताउँदै ऐतिहासिक महत्व बोकेका पर्वहरुको संरक्षण अब यूवा पुस्ताले गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेपाल मगर संघ नगर समिति कोहलपुरका अध्यक्ष कृष्ण बहादुर पुन मगरले तिजका नाममा आधुनिकताले विकृति ल्याएको भन्दै परम्परागत रुपमा तिज पर्व मनाउनुपर्नेमा जोड दिएकाछन् । कार्यक्रममा बोल्दै तमु ह्युल छाेंज धी (गुरुङ्ग राष्ट्रिय परिषद्) इकाइ समिति कोहलपुरका अध्यक्ष शेर बहादुर गुरुङ्गले विभिन्न जातजातिहरुको महानपर्व तिज भएकाले सबैले सांस्कृतिक पहिचानलाई बचाउनुपर्ने बताएका छन् । कार्यक्रममा नेपाल मगर संघ नगर समिति कोहलपुरका सल्लहाकार कृष्ण बहादुर पुन मगरले तिज पर्वको अवसरका एकआपसमा सुखि साटासाट गरी मनाईएको बताएका छन् । कार्यक्रममा तमु ह्युल छाेंज धी (गुरुङ्ग राष्ट्रिय परिषद्) इकाइ समिति कोहलपुरकी कोषाध्यक्ष धनसरी गुरुङ्गले स्वागत गरेकी थिईन् भने सो अवसरमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

Nabintech