१४ बैशाख २०८१, शुक्रबार
टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले स्कटल्यान्डलाई १ सय ३० रनले हरायो

  • टाइम्स संवाददाता

  • ९ कार्तिक २०७८, मंगलवार ०७:१४

आईसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तान १ सय ३० रनले विजयी भएको छ । सारजाहमा गएराति भएकाे खेलमा स्कटल्यान्डलाई १ सय ३० रनले पराजित गर्दै अफगानिस्तानले सुखद सुरुआत गरेको हो । अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो । यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।

Nabintech