१४ बैशाख २०८१, शुक्रबार
थप ९६१ जना सङ्क्रमित, एक हजार ६६० जना कोरोनामुक्त, २१ को मृत्यु

  • टाइम्स संवाददाता

  • २५ भाद्र २०७८, शुक्रबार १६:५१

नेपालमा कोरोना भाइरसका ९६१ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आठ हजार ५४९ आरटीपीसीआर परीक्षण गरिएकोमा ९६१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, दुई हजार ३६७ वटा एन्टीजेन परीक्षणमा १८५ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.९९ प्रतिशत  छ । मन्त्रालयले गएको चौबीस घण्टामा एक हजार ६६० जना कोरोनामुक्त भएको जनाएको छ । गएको चौबीस घण्टामा २१ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ९१४ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा २९ हजार १८९ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा शुक्रबारसम्म २७ हजार ९५८ सक्रिय संक्रमित रहेका छन् ।

Nabintech