१४ बैशाख २०८१, शुक्रबार
दुई हजार ६१६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३० जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २७ श्रावण २०७८, बुधबार १८:३४

पछिल्लो २४ घण्टामा दुई हजार ६१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा१० हजार ९०७ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै, पाँच हजार ७४९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८८५ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३० जनाको मृत्यु भएको छ । योसँगै दश हजार १८० जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।यस्तै, सघन कक्षमा रहेका ७९६ जनामध्ये १८४ जनाले भेन्टिलेटरको सहयोगमा उपचार गराइरहनुभएको छ । होम आइसोलेसनमा ३४ हजार ९१३ र संस्थागत आइसोलेसनमा तीन हजार २२० संक्रमित रहेका छन् । क्वारेन्टाइनमा ३९९ जना रहेका छन् ।नेपालमा अहिले सक्रिय संक्रमितहरु ३८ हजार ३३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा एक लाख ९५ हजार २११ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको छन् ।

Nabintech