१४ बैशाख २०८१, शुक्रबार
दुई हजार ६ जनामा सङ्क्रमण पुष्टि, ४३ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १ श्रावण २०७८, शुक्रबार १७:००

पछिल्लो २४ घण्टामा दुई हजार ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार ६१३ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चार हजार ५६९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३० जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ७७५ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण ४३ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ५०६ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech