१४ बैशाख २०८१, शुक्रबार
नेपालगञ्जमा अक्सिजनसहितको ५० बेडको आईसोलेसन केन्द्र सञ्चालनमा

  • टाइम्स संवाददाता

  • १८ बैशाख २०७८, शनिबार १७:३६

सिराज खान/ कोरोनाको दोस्रो लहरमा संक्रमितको संख्या अत्याधिक बढेपछि सहरका अस्पतालमा बेड अभाव भएपछि सो अभाव टार्न नेपालगञ्ज उपमहानगरपालिकाले असिक्जन सहितको ५० बेडको आईसोलेसन केन्द्र सञ्चालनमा आएको छ । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा नेपालगञ्जको रामलिला मैदानस्थित तालिम केन्द्रमा अक्सिजनसहितको ५० बेडको आईसोलेसन केन्द्र सञ्चालनमा ल्याईएको नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापा मगरले बताईन् । उनले सो आईसोलेसन केन्द्र सञ्चालनमा आएपछि भेरी अस्पतालको चाप कम गर्न सहयोग पुग्ने बताईन् । बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले कोरोना यो आइसोलेसनले बेड नपाएर छटपटाईरहेका विरामीलाई राहात पुग्ने जनाउँदै संक्रमण समुदायस्तरमा फैलिसकेकोले यसको रोकथाम र नियन्त्रणका लागि आफुहरु दिनरात खटिएको बताए । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाश थापाले भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा यो सेन्टर सञ्चालनमा रहने हुँदा यहाँ विरामीलाई कुनै समस्या नहुने बताएका छन् । उपमेयर उमाथापा मगरका अनुसार आईसोलेसनमा बस्नेहरुलाई खाना र खाजाको समेत व्यवस्था उपमहानगरपालिकाले गरेको छ । यसैगरी विरामी ल्याउनका लागि निशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गरिने उनीले बताईन । उप–महानगरपालिकाका २३ वटै वडामा रहेका होम आईसोलेसन फोकल पर्सनहरुको सिफारिसका आधारमा संक्रमितहरुलाई सो अक्सिजनसहितको आईसोलेसनमा राखिने भएको छ ।
Nabintech