१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाका २४ जना थपिए, ७ जना डिस्चार्ज, एकको निधन

  • टाइम्स संवाददाता

  • २ भाद्र २०७८, बुधबार १७:०१

बाँकेमा पछिल्लो २४ घण्टामा थप २४ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । दुईवटा प्रयोगशालामा ८४ नमुना परीक्षण गर्दा २४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । नेपालगञ्ज मेडिकल कलेजमा ५६ नमुना परीक्षण गर्दा २० जना र बागेश्वरी ल्याबमा २८ नमूना परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका १४ जना छन् । ७ जना महिला र ७ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९१ हजार ८५६ नमुना परीक्षण गर्दा १७ हजार ८ सय ३६ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना डिस्चार्ज भएका छन् । ३ जना महिला र ४ जना पुरुष गरी ७ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ३९६ जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिल्लो केही दिन देखि जिल्लामा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । सिकिस्त बिरामीको संख्या २२ पुगेको छ भने मध्यम बिरामीको संख्या ३१ पुगेको छ । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।
थप एक जनाको निधन
कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा आज थप एकजनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–२ कैलालीकी ३४ वर्षीया महिलाको उपचारका क्रममा विहान सवा ११ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । साउन २४ गते कोहलपुर मेडिकल कलेजमा उनको कोभिड पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनी भेरीको आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् । स्वास्थ्यमा सुधार नआउँदा उनको मृत्यु भएको हो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ८८ जनाको मृत्यु भएको छ ।

Nabintech