१५ बैशाख २०८१, शनिबार
बाँकेमा कोरोनाका २४ जना संक्रमित थपिए, ४ जना डिस्चार्ज, एकको निधन

  • टाइम्स संवाददाता

  • १३ श्रावण २०७८, बुधबार १६:०४

बाँकेमा पछिल्लो २४ घण्टामा थप २४ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १५९ नमुना परीक्षण गर्दा २४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ५७ नमुना परीक्षण गर्दा ११, नेपालगञ्ज मेडिकल कलेजमा ७२ नमुना परीक्षण गर्दा ५ जना र बागेश्वरी ल्याबमा ३० जनामा परिक्षणगर्दा ८ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका ४ जना छन् । ४ जना महिलामा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८८ हजार ५७७ नमुना परीक्षण गर्दा १७ हजार छ सय ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ४ जना डिस्चार्ज भएका छन् । २ महिला र २ जना पुरुष गरी ४ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार २३८ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।
थप एकजना कोरोना संक्रमितको मृत्यु
कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–९ बर्दियाका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो । असार २० गते भेरी अस्पतालमा भर्ना भएका उनको त्यसको भोलिपल्ट पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई कोभिड वार्डमा राखेर उपचार सुरु गरिएको थियो । योसँगै उपचारका लागि बाँकेका आएका बाहिरी जिल्लाका ३ सय ७७ जनाको मृत्यु भएको छ भने बाँके जिल्लामा हालसम्म कोरोना भाईरसका कारण ३ सय २२ जनाको निधन भएको छ ।

Nabintech