१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा थप १० कोरोना संक्रमितको निधन

  • टाइम्स संवाददाता

  • १३ बैशाख २०७८, सोमबार ०७:१७

बाँकेमा दिनानुदिन बढ्दै गइरहेको कोरोना संक्रमणसङ्गै संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा पनि तिब्र रुपमा वृद्धि भैरहेको छ । पछिल्लो २४ घण्टामा बाँकेमा १० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बितेको २४ घण्टा भित्र बाँकेका विभिन्न अस्पतालमा बाँकेका ८ जना र बाहिरी जिल्लाका २ गरी १० जनाको मृत्यु भएको छ । जसमध्ये, ६ जना पुरुष र ४ जना महिला रहेका छन । भेरी अस्पताल नेपालगन्जमा ५ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा २ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी, कोहलपुरमा आफ्नै घरको आइसोलेसनमा बसेका एक संक्रमितले आफ्नै घरमा आत्महत्या गरेका छन । हालसम्म मृत्यु हुनेमा बाँकेका ८६ र बाहिरी जिल्लाका १०४ जना रहेको फोकल पर्सन ओलीले जानकारी दिए ।

Nabintech