१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा थप २ जनाको निधन

  • टाइम्स संवाददाता

  • २२ बैशाख २०७८, बुधबार १८:२४

बाँकेमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१८का ४२ वर्षीया पुरुष हुन् । उनमा बैशाखा २० गते कोरोना भाईरसका संक्रमणको पहिचान भएको थियो भने आज भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । यस्तै कोरोनाबाट मृत्यु हुनेमा नेपालगञ्ज ५ का ४८ वर्षीय पुरुष रहेका छन् । उनको आइतबार राती नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ९ बजेर १० मिनेटमा मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए । त्यस्तै नेपालगन्ज उपमहानगरपालिका–६ का ६२ वर्षीया महिलाको उपचाकरा क्रममा निधन भएको छ । यो सँगै बाँकेको कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या १ सय ४८ पुगेको छ ।

Nabintech