१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा थप ७ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २ जेष्ठ २०७८, आईतवार ०७:४७

बाँकेमा थप ७ जनाको मृत्यु

कोभिड संक्रमित बिरामीहरुको उपचार भैरहेको बाँकेका दुई ठूला अस्पतालमा थप ७ जनाको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा र मेडिकल कलेजमा गरि थप ७ जना संक्रमितको मृत्यु भएको अस्पतालहरुले पुष्टि गरेका छन् । मृत्यु हुनेहरुमा मधुवन नगरपालिका–९ बर्दियाका ४० वर्षिय पुरुष, बढैयाताल गाउँपालिका–१ बर्दियाका ५० वर्षिय पुरुष, गौरीगंगा गाउँपालिका–४ कैलालीका ५२ वर्षिय पुरुष, रुम्टिगढी–३ रोल्पाका ३५ वर्षिय पुरुष, बढैयाताल गाउँपालिका–२ बर्दियाका ८७ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१९ बाँकेका ६० वर्षिय पुरुष र कोहलपुर नगरपालिका–१५ बाँकेका ६७ वर्षिय पुरुष रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।
कोरोना भाईरसका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २ सय ३४ र बाँके जिल्लामा उपचार गर्न आई अन्य जिल्लाका कोरोना संक्रमितको निधन हुने संख्या १ सय ८३ रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

Nabintech