१५ बैशाख २०८१, शनिबार
बाँकेमा लागू औषध ब्राउन सुगर सहित ३ महिला र १ पुरुष पक्राउ

  • टाइम्स संवाददाता

  • २३ जेष्ठ २०७८, आईतवार १८:५८

बाँकेको नेपालगञ्जबाट लागू औषध ब्राउन सुगर सहित ३ महिला र १ पुरुष पक्राउ परेका छन् । बाँकेको नेपालगञ्ज २ न्यूरोड स्थित सन्ध्या नास्ता पसलमा अबैध लागू औषधको कारोबार भैरहेको छ भन्ने सूचनाको आधारमा बाँके प्रहरीले उनीहरुलाई प्रक्राउ गरेको हो । प्रक्राउ परेकाहरुबाट प्लाष्टिकले सानो पुडिया बनाई राखेको ५६ पुडिया (१२ ग्राम २०० मिलिग्राम) ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र नगद ४१ हजार पाँच सय रकम बरामद गरिएको छ । प्रक्राउ पर्नेहरुमा बाँके खजुरा गाउँपालिका–८ की ३३ वर्षिय बिबा शाही, खजुरा गाउँपालिका–४ की ३० वर्षिय गंगा खड्का, नेपालगंज–९ का ३५ वर्षिय राजेश खटिक र बर्दिया राजापुर नगरपालिका वडा नं. ४ की २१ वर्षिय पुजा परियार रहेकी छिन् । प्रक्राउ परेका माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जाएको छ ।

Nabintech