१५ बैशाख २०८१, शनिबार
बाँकेमा हालसम्म कोरोनाका कारण १ सय १४ जनाको निधन

  • टाइम्स संवाददाता

  • १७ बैशाख २०७८, शुक्रबार १५:४०

कोरोना भाईरसका कारण बाँकेमा हालसम्म १ सय १४ जनाको निधन भएको छ । बाँकेमा थप दुई जना संक्रमितको निधनसँगै बाँकेमा एक सय १४ जनाले कोरोनाका कारण आफ्नो ज्यान गुमाएका छन् भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गर्न आई १ सय १४ जनाकै निधन हालसम्म भएको बाँकेको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । यसका साथै बाँकेमा कोभिड संक्रमित थप दुईजनाको मृत्यु भएको छ । उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा जिल्लाकै दुई जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । संक्रमणका कारण नेपालगन्ज उपमहानगरपालिका–१ का ६० वर्षिय महिला र नेपालगन्ज–१० का ४९ वर्षिय पुरुषको मृत्यु भएको हो । नेपालगन्ज–१ का ६० वर्षिय महिलाको बागेश्वरी ल्याबमा बैशाख १४ गते पीसीआर परीक्षण गरिएको थियो । १६ गते बिहीबार भेरी अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको भएपनि स्वास्थ्यमा सुधार नआउँदा उनको शुक्रबार बिहान ६ः३० बजे मृत्यु भएको हो । त्यस्तै नेपालगन्ज–१० का ४९ वर्षिय पुरुषको बैशाख ५ गते पीसीआर परीक्षण गरेका थिए । बैशाख १५ गते अस्पताल भर्ना भएका उनको शुक्रबार दिउँसो १२ः३० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिएका छन् ।

Nabintech