१४ बैशाख २०८१, शुक्रबार
मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरुको सहयोगका लागि वार्षिक समिक्षा

  • टाइम्स संवाददाता

  • २९ भाद्र २०७८, मंगलवार १२:२५

बाँकेको कोहलपुरमा मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरुको सहयोगका लागि वार्षिक समिक्षा सम्पन्न भएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति कोहलपुर नगरपालिकाको आयोजना तथा यूएसआईडि, माईति नेपाल, यूकेआईडी र विनरक ईन्टरनेशनलसँगको सहयोगमा मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरुको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कोहलपुर नगर प्रमुख लुट बहादुर रावतले मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि कार्यविधि निर्माण भई पास गरी कार्यान्वयन भई रहेको, पालिका स्तरिय संरचना निर्माण, पालिका एवम् वडा स्तरिय कार्ययोजना निर्माण भई कार्यान्वयन भईरहेको बताउँदै वडा स्तरीय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिहरु गठन भई विभिन्न कामहरु ग्रिरहेको पनि बताएका छन् । साथै उनले उद्धार एवम् प्रभावतको सामाजिक पुनःएकिकरण सम्बन्धी आन्तरिक रुपमा जोखिम एवम् शोषणमा परेका रहेकाहरुको उद्धार कार्य भईरहेको समेत बताएका छन् । साथै उनले कोहलपुर नगर मानवबिखनको उच्च जोखिममा न्यूनिकरण गर्नका लागि विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा कामहरु गरिरहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगर कार्यपालिका सदस्य भिम बहादुर नेपाली महिला तथा बालबालिका क्षेत्रका काम गर्नका लागि आवश्यक बजेट छुट्याइएको बताएका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख रिना थापाले बजेटका अभावका बालबालिकाहरुका क्षेत्रमा कतिपय कामहरु गर्न नसकेको बताईन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रबिन्द्र खनालले प्रहरीले बेखबिखनमा परेका महिला तथा बालबालिकाहरुको खोजि अभियान नै चलाएर केहि काम गरिएको बताउँदै बालबालिका तथा महिलाको उद्दारका लागि प्रहरीलाई सबैले साथ र सहयोग गर्न अनुरोध समेत गरेका छन् । कार्यक्रममा बोल्दै यूवा दृष्टि नेपालका अध्यक्ष यूवराज पोख्रेलले महिला, बालक्लब, किशोरी क्लबलाई आवश्यक बजेटको व्यवस्था स्थानिय सरकारले गर्न नसक्दा कतिपय कामहरु प्रभावकारी हनु नसकेको बताएका छन् ।
कार्यक्रमको सहजिकरण माईति नेपाल क्षेत्रिय कार्यालय नेपालगञ्जका प्रमुख केशव कोइरालाले गरेका थिए भने कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Nabintech