१४ बैशाख २०८१, शुक्रबार
राप्तीसोनारीमा व्यवसायीक धान खेती तालिम

  • टाइम्स संवाददाता

  • ३ बैशाख २०७८, शुक्रबार १७:५५

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ९ ढकेरीमा खाद्यान्न तथा तरकारी प्रवर्द्धन कार्यक्रम अन्तर्गत व्यवसायीक धान खेती तालीम शुक्रबार सम्पन्न भएको छ ।
राप्तीसोनारी गाउँपालिकाको सहयोग तथा साकार कृषि सहकारी संस्था राप्तीसोनारी ६ को आयोजनामा संचालन गरिएको तालीमको उद्घाटन सत्रमा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा न ९ का कार्यवाहक वडाध्यक्ष पुर्ण बहादुर वलीले राप्तीसोनारी गाउँपालिका उर्वर भुमी भएकोले खाद्यान्न तथा तरकारी बालीबाट किसानहरूले राम्रो आयआर्जन गर्न सकिने बताउदै पालिकाले किसानहरूलाई ५०५अनुदानमा बिउबिजन तथा सिचाइ सामाग्री सहयोग गरिने तयारी गरेको बताए । त्यस्तै उनले कोरोनाको महामारी बाट वच्न स्वास्थ मापदण्ड पालन गर्न आग्रह गर्दै नयाँ वर्षको शुभकामना सन्देश समेत दिएका छन । राप्ती सोनारी गाउँपालिकाले ९ वटै वडामा खाद्यान्न तथा तरकारी प्रवर्द्धन कार्यक्रम अन्तरगत व्यवसायीक धान खेतीका लागि १ करोड रुपैयाँ विनियोजन गरेको प्रत्येक वडाका अगुवा किसानहरूको छलफल पश्चात् ५० प्रतिशत अनुदानमा किसानहरुलाइ खाद्यान्न तथा तरकारी प्रवर्द्धन कार्यक्रम अन्तरगत व्यवसायीक धान खेतीका लागि बीउ विजन , सिचाइ सामाग्री तथा कृषि यन्त्र उपलब्ध गराउने जनाएको छ । जस अन्तर्गत राधा (४ मुल बीउ प्रमाणित बीउ , उन्नत बीउ किट्नाशक औषधि पावरटिलर,पम्प सेट मोटर धान थ्रेसर ,रोडा वेटर लगायतका रहेका छ्न।
गाउँपालिकाले साकार कृषि सहकारीको समन्वयमा कार्यक्रम संचालन गरेको र अहिले हरेका वडाका अगुवा किसानहरूको छलफल भैरहेको र उपयुक्त स्थानको छनौट पछि कार्यक्रम संचालन गरिने साकार कृषि सहकारी संस्थाका प्रतिनिधि बल बहादुर सुनारले जानकारी दिए । राप्तीसोनारी गाउँपालिका वडा न ९ कि कृषि प्राविधिक प्रेमा खत्रीले कृषि क्षेत्रमा किसानहरूलाई आधुनिकीकरण गर्न र प्रोत्साहन गर्न कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन । कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा न ९ का कृषि समुहका अगुवा कृषकहरु, समाजसेवी बुद्धिजीवी लगायतको सहभागीता रहेको थियोे ।

Nabintech