१४ बैशाख २०८१, शुक्रबार
साफ च्याम्पियनसिपमा माल्दिभ्ससँग बङ्गलादेश २-० ले पराजित

  • टाइम्स संवाददाता

  • २२ आश्विन २०७८, शुक्रबार ०६:५९

साफ च्याम्पियनसिप फुटबलमा घरेलु टिम माल्दिभ्सले बङ्गलादेशलाई २-शून्य गोल अन्तरले पराजित गरेको छ । मालेको राष्ट्रिय स्टेडियममा गएराति बङ्गलादेशलाई २–शून्य गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो । माल्दिभ्सको जितमा हाम्जा मोहम्मद र अलि अस्फाकले एक/एक गोल गरे । खेलको ५५ औं मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७४ औं मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २–० को जित दिलाएका हुन्  । हिजो भएको पहिलो खेलमा  भारत श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएको छ । खेलमा भारतले धेरै अवसर पाए पनि गोल गर्न भने सकेन ।

Nabintech