१५ चैत्र २०८०, बिहीबार
आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी

  • टाइम्स संवाददाता

  • ३० चैत्र २०७७, सोमबार ०७:०९

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा काेलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको छ। चेन्नईमा गएराति भएको खेलमा काेलकाताले हैदराबादलाई १० रनले हराएको हो । काेलकाताले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन मात्रै बनाउन सक्यो । हैदराबादका मनिष पाण्डेले ६१ र जोनी ब्रेस्टोले ५५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको काेलकाताले नितिश राणाको ८० र राहुल त्रिपाठीको ५३ रनकाे मद्दतमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो । आईपीएलमा आज राति राजस्थान रोयल्स र किङ्ग्स इालेभेन पञ्जाब खेल्दैछन् ।

Nabintech