७ बैशाख २०८१, शुक्रबार
कोरोनाबाट कोहलपुरका दुई जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ७ बैशाख २०७८, मंगलवार १७:३८

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर नगरपालिका वडा नम्बर २ कै ७७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । ३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो । तर, उनको रिपोर्ट भने सोमवार राति मात्र पोजिटिभ आएको थियो । स्वास्थ्य समस्या आएपछि उनी सोमबार विहान उपचारका लागि भर्ना भएकी थिइन् । यस्तै सोमवार राति मृत्यु भएका ७७ वर्षीय कोरोना संक्रमित पुरुषको स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि सोमबार विहान मेडिकल कलेज ल्याइएको थियो । स्वाब दिएर घर लगिएपछि साँझ रिपोर्ट पोजिटिभ आएको थियो । राति नै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा अस्पतालको गेटैमा मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमणका कारण बाँकेका ६३ जनाको मृत्यु भएको छ ।

Nabintech