१५ चैत्र २०८०, बिहीबार
कोहलपुर नगर शिक्षा शाखामा अनेरास्ववियुद्वारा तालाबन्दी

  • टाइम्स संवाददाता

  • ८ बैशाख २०७८, बुधबार १५:१०

बाँकेको नगर शिक्षा शाखामा ताला लगाईएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयू बाँकेले कोहलपुर नगर शिक्षामा तालाबन्दी गरिएको छ । अनेरास्ववीयूले गत चैत्र २६ गते विभिन्न मागहरु राख्दै कोहलपुर नगर शिक्षा शाखामा ध्यानाकर्षण पत्र बुझाएको थियो । आफ्ना मागहरु पुना गर्न तर्फ कोहलपुर नगर शिक्षाले कुनै पनि चासो नदिएका कारण नगर शिक्षा शाखामा तालाबन्दी गर्नुपरेको अनेरास्ववीयू बाँकेका अध्यक्ष दिनेश केसीले जानकारी दिएका छन् । अध्यक्ष केसीका अनुसार कोहलपुर नगर शिक्षा शाखालाई ध्यानाकर्षण पत्र माफर्त सम्पूर्ण शैक्षिक संस्थाहरुले लकडाउनको अवधिमा लिएको शूल्क तत्काल फिर्ता गर्नुपर्ने, विद्यार्थीहरुलाई पठन–पाठनको समयमा कोरोनाबाट स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाइएको शैक्षिक संस्थाहरुलाई कारबाहि गरी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुरुप पठन पाठन संचालन गर्नुपर्ने, सवारी साधनको क्षमता भन्दा बढी विद्यार्थी बोक्ने शैक्षिक संस्थालाई कारबाहि गर्नुपर्ने, भौतिक मापदण्ड पुरा भएका शैक्षिक संस्थाहरुलाई मात्र अनुमती प्रदान गर्नुपर्ने र कोहलपुर नगरशिक्षाले वर्ष भरी गरेका गतीविधिहरुको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरिएको थियो । उक्त मागहरु पूरा नगरिएकोे र बार्तामा समेत नबोलाइएको हुँदा कोहलपुर नगर शिक्षा शाखामा तलाबन्दी गर्नु परेको अध्यक्ष केसीले बताएका छन् । साथै उनले सम्बन्धित निकायले आफ्ना मागहरुको तत्काल सम्बोधन नगरे चरणबद्ध आन्दोलन गरिने र नगर शिक्षा शाखामा लगाईएको ताला कसैले तोड्न कोशिस गरेमा त्यसको जिम्मेवार सम्बन्धित प्रशासन नै रहने कुरा अनेरास्ववियु बाँके जिल्ला अध्यक्ष दिनेश केसिद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । अनेरास्ववीयूका केन्द्रीय सदस्य सुमन घिमिरेले वर्तमान अवस्थमा आफ्ना मागहरु पुरा नगरे कडा आन्दोलन गर्ने चेतवानी समेत दिएका छन् ।

Nabintech