१२ बैशाख २०८१, बुधबार
बाँकेमा १४ महिनाका बालकसहित ३०५ जना निको भए

  • टाइम्स संवाददाता

  • १९ बैशाख २०७८, आईतवार १४:०५

दोस्रो चरणको कोरोना सङ्क्रमण शुरु भएसँगै हटस्पट बनेको बाँकेमा हाल आएर सङ्क्रमितहरु निको हुने क्रम तीव्र गतिमा देखिन थालेको छ । सोही क्रममा आइतबार मात्रै बाँकेमा १४ महिने बालकसहित ३०५ जनाले कोरोनालाई जितेर घर फर्किएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जिल्लाका संस्थागत तथा होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका १४ महिने बालकसहित १४२ जना महिला र १६३ जना पुरुष गरि ३०५ जना आइतवार निको भएर घर फर्किएको बताउनुभयो । उहाँले कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिएको बाँकेमा सङ्क्रमणबाट निको भएर डिस्चार्ज हुनुेहरुको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएकोले छिटै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो । फोकल पर्सन ओलीका अनुसार शनिबार २५० जना र शुक्रवार २४४ जना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका थिए । गत केही दिनदेखि दैनिक ५ सयभन्दा बढी सङ्क्रमित थपिंदै आएको बाँकेमा शनिवार भने सो सङ्ख्या घटेर ३६० मा झरेको जनाउँदै उहाँले निषेधाज्ञा र अन्य विभिन्न सतर्कताका कारण सङ्क्रमित पनि घट्न थालेको बताउनुभयो ।

Nabintech