४ बैशाख २०८१, मंगलवार
बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २१ बैशाख २०७८, मंगलवार १७:०१

बैतडीको पञ्चेश्वर गाउँपालिकास्थित गणमेश्वर मोडमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर चालकसहित ५ जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसपी) योगेन्द्रसिंह थापाले रातोपाटीलाई बताए ।  मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ घर भएका जितसिंह भण्डारी, डम्बर सिंह भण्डारी, हिक्मतसिंह भण्डारी र ४० वर्षीय दिपक सिंह भण्डारी छन् । जिप चालक दशरथचन्द नगरपालिका–४ घर भएका वर्ष ४५ का तेज बहादुर बोहराको पनि मृत्यु भएको छ ।  चट्याङ लागेर ज्यान गुमाएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव लिएर सदरमुकाम आउँदै गरेको से १ ज १८३ नम्बरको जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् ।

Nabintech