१५ चैत्र २०८०, बिहीबार
नेपालले खेल्ने टि२० विश्वकप छनोट नोभेम्बरमा हुने

  • टाइम्स संवाददाता

  • २४ बैशाख २०७८, शुक्रबार १७:१४

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले खेल्ने आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोट आगमी नोभेम्बरमा हुने भएको छ । यसअघि सेप्टेम्बर २० देखि २६ सम्म हुने भनिएको उक्त प्रतियोगिता आइसिसीले नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा गर्ने भएको छ । कोरोना महामारीको कारण प्रतियोगिता सरेको हो । प्रतियोगितामा नेपाल, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, मलेसिया र यूएई गरि आठ देशको सहभागीता हुने छ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालले एसिया छनोट खेल्ने छ । एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने छन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि स्थान बनाउने छन् । नेपाली महिला क्रिकेट टोली पनि पहिलो विश्वकप खेल्ने लक्ष्यमा छ । नेपाली महिला टोलीले पछिल्लो पटक अन्तर्राष्ट्रिय खेल गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलेका थिए । नेपाली महिला क्रिकेटका पछिल्लो समय दुई घरेलु प्रतियोगिता भएका छन् । पछिल्लो समय गत पुषमा दाङको लमहीमा टि२० राष्ट्रिय प्रतियोगिता भएको थियो । चैतमा काठमाडौंमा ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगिता भएको थियो । कोरोना दोस्रो चरणको कारण नेपालले तत्काल कुनैपनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेल्ने छैन ।

Nabintech