१२ बैशाख २०८१, बुधबार
बाँकेमा थप पाँच जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २५ बैशाख २०७८, शनिबार ०७:५४

बाँकेमा थप पाँच जनाको मृत्यु

कोरोना संक्रमणका कारण गएको १२ घण्टामा बाँकेमा थप पाँच जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको भेरी अस्पतालमा चार जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा १ जना गरि पाँच जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१२का ६७ वर्षीय पुरुषलाई २४ गते संक्रमण पुष्टि भएको थियो । उनले बागेश्वरी ल्याबमा पीसीआर परीक्षण गराएका थिए । उनी २४ गते भेरीमा भर्ना भएका थिए । उनको उपचारका क्रममा दिउँसोे ४ः४५ बजे मृत्यु भएको हो ।
त्यस्तै बर्दिया बढैयाताल गाउँपालिका–७ का ५२ वर्षीय पुरुषलाई २३ गते संक्रमण पुष्टि भएको थियो । उनले भेरी अस्पतालमा पीसीआर परीक्षण गराएका थिए । उनी २३ गते भेरीमा भर्ना भएका थिए । उनको उपचारका क्रममा शुक्रबार साँझ ७ ः०० बजे मृत्यु भएको हो ।
यसका साथै नेपालगन्ज उपमहानगरपालिका–१ का ६४ वर्षीय पुरुषलाई २० गते संक्रमण पुष्टि भएको थियो । उनले भेरी अस्पतालमा पीसीआर परीक्षण गराएका थिए । उनी २१ गते भेरीमा भर्ना भएका थिए । उनको उपचारका क्रममा शुक्रबार राति ८ ः०० बजे मृत्यु भएको हो ।
यसका साथै नेपालगन्ज उपमहानगरपालिका–१० की ३८ वर्षीया महिलालाई बैशाख १२ गते संक्रमण पुष्टि भएको थियो । उनले बागेश्वरी ल्याबमा पीसीआर परीक्षण गराएकी थिईन । उनी १३ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा शुक्रबार दिउँसो ४ ः३० बजे मृत्यु भएको हो ।
साथै नेपालगन्ज उपमहानगरपालिका–१४ का ३८वर्षीया महिलालाई बैशाख १४ गते संक्रमण पुष्टि भएको थियो । उनले भारतको खखिमपुरमा पीसीआर परीक्षण गराएकी थिईन । उनी १६ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा शुक्रबार साँझ ६ ः३४ बजे मृत्यु भएको हो । यो सँगै कोरोना भाईरसका कारण बाँके जिल्लाका १ सय ७३ जनाले ज्यान गुमाएका छन् भने बाँके जिल्लामा उपचार गर्न आएका बाहिरी जिल्लाका १ सय ३१ जनाले आफ्नो ज्यान गुमाएका छन् ।

Nabintech