१३ बैशाख २०८१, बिहीबार
भोलिदेखि कोहलपुरमा कोरोना संक्रमणका विरामी भर्ना लिने

  • टाइम्स संवाददाता

  • २५ बैशाख २०७८, शनिबार १७:३६

बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले भोलि (आईतबार)देखि कोरोना संक्रमितका विरामीहरुलाई भर्ना लिने भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुर अस्पतालमा बाँके निर्वाचन क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य एवम् निवर्तमान मन्त्री आरती पौडेल, कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावत, उपप्रमुख सञ्जु कुमारी चौधरी, नेकपा एमाले बाँकका अध्यक्ष सूर्य ढकाल, नेपाली काँग्रेस कोहलपुर नगर सभापति बलराम शर्मा, माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपाने लगायत अस्पताल प्रशासन बिच भएको छलफलपछि भोलिदेखि कोरोना भाईरसका बिरामीहरुलाई भर्ना लिने सहमति भएको हो । बाँके निर्वाचन क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य एवम् निवर्तमान मन्त्री आरती पौडेलले अक्सिजन अभाव कारण अस्पतालले कोरोना भाईरसका संक्रमितहरुलाई भर्ना नलिई रहेको अवस्थामा अक्सिजन व्यवस्थापनका लागि आफुहरुले सहजिकरण गर्ने र भारतबाट आईरहेको अक्सिजनका आधारमा भोलिदेखि कोरोना भाईरसका संक्रमितहरुलाई भर्ना लिने सहमति भएको उनले बताएकी छिन् । “भारतबाट आउँदै गरेका दुई ट्याङ्क लिक्युट अक्सिजनले तत्काल व्यवस्थापन गर्ने कुरा भएको छ” उनले भनिन् “म लगायत, कोहलपुर नगरपालिका र विभिन्न राजनीतिक दलका प्रतिनिधि र अस्पताल प्रशासन बिच अक्सिजनको व्यवस्थापन लागि सहजिकरण गर्ने प्रतिवद्धता जनाएका छौं, भोलिदेखि कोरोना संक्रमित बिरामीहरु अस्पतालले भर्ना लिने कुरा भएको छ ।” साथै स्वास्थ्यकर्मी माथि हुने विभिन्न खाले दुव्र्यवाहार नगर्न उनले आग्रह समेत गरेकी छिन् । साथै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक डा. दिनेश श्रेष्ठले भारतबाट आएको दुई ट्याङ्क लिक्युट अक्सिजन मध्ये एउटा टेकु अस्पताल काठमाण्डौं र एउटा भेरी अस्पताल बाँकेमा आउने सम्भावना रहेकाले तत्कालका लागि कोरोना भाईरसका बिरामीहरुलाई भर्ना गर्न सक्ने अवस्था रहने बताएका छन् । उनले त्यो अक्सिजनले करिब पाँच दिन सम्म मात्र चल्ने हुँदा अन्य अक्सिजनको व्यवस्थापन नगरि पुनः कोरोना सक्रमित बिरामीलाई भर्ना लिन सक्ने अवस्था नरहने भन्दै अक्सिजनकै अभावले बिरामी भर्ना गर्न नसिएको बताएका छन् । “हामी पनि बिरामीलाई बचाउन चाहान्छौं, त्यसका लागि अहिले कोरोना भाईरसका संक्रमितहरुलाई अक्सिजनको आवश्यकता छ” उनले भने “भर्ना भएका बिरामीलाई नै अक्सिजनको अभाव भईरहेकोछ, थप बिरामी भर्ना लिन नसक्ने अवस्था आएको हो ।” साथै उनले भारतबाट आएको लिक्युट अक्सिजन अस्पतालको प्राङ्गणसम्म नआईपुग्दासम्म बिरामी भर्ना गर्न नसक्ने अवस्थामै रहेको पनि बताएका छन् । सो छलफलमा अस्पताल कम्पाउण्ड भित्र नियमित फिवर (ज्वरो ) क्याम्प संचालन गरि उपचार प्रक्रिया अस्पतालले सुरु गर्ने र हस्पिटलमा देखिने बाहिय विभिन्न समस्याहरुलाई समाधान गर्न जनप्रतिनिधि र राजनीतिक दलहरुले प्रभावकारी भूमिका खेल्ने निर्णय भएको नेकपा एमाले बाँके अध्यक्ष सूर्य ढकालले बताएका छन् ।

Nabintech