११ बैशाख २०८१, मंगलवार
बाँकेमा बर्दियाका दुई र दाङ एक गरी थप तीन जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २६ बैशाख २०७८, आईतवार ०७:०९

बाँकेमा बर्दियाका दुई र दाङ एक गरी थप तीन जनाको मृत्यु

कोरोना संक्रमणका कारण गएको १२ घण्टामा बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको भेरी अस्पतालमै तीन जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । मृत्यु हुनेमा बर्दिया बढैयाताल गाउँपालिका–२ की ६५ वर्षीया महिलाालाई बैशाख १७ गते संक्रमण पुष्टि भएको थियो । उनले भेरी अस्पतालमा पीसीआर परीक्षण गराएका थिए । उनी २२ गते भेरीमा भर्ना भएका थिए । उनको उपचारका क्रममा शनिबार दिउँसो ३ ः२५ बजे मृत्यु भएको हो । त्यस्तै बर्दिया बढैयाताल गाउँपालिका–१ की ३० वर्षीया महिलाालाई बैशाख २१ गते संक्रमण पुष्टि भएको थियो । उनले भेरी अस्पतालमा पीसीआर परीक्षण गराएका थिए । उनी २१ गते भेरीमा भर्ना भएका थिए । उनको उपचारका क्रममा शनिबार दिउँसो ३ ः४० बजे मृत्यु भएको हो ।
यसका साथै दाङ दंगिशरण–५ की ८५ वर्षीया महिलाालाई बैशाख २५ गते संक्रमण पुष्टि भएको थियो । उनले भेरी अस्पतालमा पीसीआर परीक्षण गराएका थिए । उनी २४ गते भेरीमा भर्ना भएका थिए । उनको उपचारका क्रममा शनिबार साँझ ५ः३० बजे मृत्यु भएको हो । यो संगै बाहिरी जिल्लाको मृत्यु संख्या १ सय ३४ पुगेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताएका छन् ।

Nabintech