७ बैशाख २०८१, शुक्रबार
कोहलपुर नगरपालिका वडा नं. १ शिल

  • टाइम्स संवाददाता

  • १ जेष्ठ २०७८, शनिबार १७:०६

बाँकेको कोहलपुर नगरपालिका वडा नं. १ मा शिल गरिएको छ । कोरोना भाईरसका कारणमा वडामा हालसम्म पाँच जनाले ज्यान गुमाएपछि सो वडालाई शिल गरिएको छ । वडा नं. १ कौशिलानगरमा पाँच जना नागरिकले कोरोनाको कारण ज्यान गुमाएपछि कोहलपुर प्रहरी र स्थानीय वडापालिकाले वडा शिल गरेको हो । वडाको क्षेत्रमा बिशेष काम बाहेक कोही पनि मानिस घर बाहिर ननिस्कन अपिल गरिएको कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गोपि खनालले बताएका छन् । अवस्था नियन्त्रण नहुँदासम्म वडा पूर्ण रुपमा शिल नै हुने वडा अध्यक्ष खनालले बताएका छन् । कोरोना भाईरसको महामारी नियन्त्रण भन्दा बाहिर गएकाले वडालाई शिल गरिएको बताउँदै कोरोना भाईरसबाट बच्नका लागि स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड पालना गर्न वडा अध्यक्ष खनालले आग्रह गरेका छन् । यसका साथे अटेरी गरी घर बाहिर निस्किएर लकडाउनको उल्लघन गरे कडा कारवाही गरिने इलाका प्रहरी कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनाल बताउँछन ।

Nabintech