६ बैशाख २०८१, बिहीबार
बाँकेमा हालसम्म १५१६९ जना संक्रमित, १२१२० जना डिस्चार्ज र २३६ जनाको निधन

  • टाइम्स संवाददाता

  • २ जेष्ठ २०७८, आईतवार १५:५०

बाँकेको आठ वटा स्थातिय तह मध्ये सबै भन्दा बढि कोरोनाबाट बाँकेको नेपालगञ्ज उपमहानगरपालिका सबै भन्दा बढि मारमा परेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा हालसम्म ८ हजार ५ सय ३७ जना कोरोना संक्रमित भएका मध्ये ७ हजार २ सय ६९ जनाले कोरोनालाई जितेका छन् भने १ सय २० जनाको निधन भएको र हाल १ हजार १ सय ४८ संक्रिय संक्रमति रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीले बताएका छन् । त्यस्तै कोहलपुर नगरपालिकामा हालसम्म ३ हजार ४ सय ८३ जना कोरोना संक्रमित भएका मध्ये २ हजार ४ सय ३६ जनाले कोरोनालाई जितेका छन् भने ५१  जनाको निधन भएको र हाल ९ सय ९६ संक्रिय संक्रमति रहेका छन् ।
त्यसैगरी खजुरा गाउँपालिकामा हालसम्म ९ सय ७३ जना कोरोना संक्रमित भएको मध्ये ७ सय ६४ जनाले कोरोनालाई जितेका छन् भने २६ जनाको निधन भएको र हाल १ सय ८३ संक्रिय संक्रमति रहेका छन् । त्यसैगरी जानकी गाउँपालिकामा हालसम्म ३ सय ७ जना कोरोना संक्रमित भएको मध्ये २ सय ४२ जनाले कोरोनालाई जितेका छन् भने ५ जनाको निधन भएको र हाल ६० जना संक्रिय संक्रमति रहेका छन् ।
त्यसैगरी डुडुवा गाउँपालिकामा हालसम्म २ सय ६१ जना कोरोना संक्रमित भएको मध्ये २ सय १४ जनाले कोरोनालाई जितेका छन् भने ३ जनाको निधन भएको र हाल ४४ जना संक्रिय संक्रमति रहेका छन् । त्यसैगरी नरैनापुर गाउँपालिकामा हालसम्म १ सय ८४ जना कोरोना संक्रमित भएको मध्ये १ सय ५५ जनाले कोरोनालाई जितेका छन् भने १९ जनाको निधन भएको र हाल २५ जना संक्रिय संक्रमति रहेका छन् । त्यसैगरी बैजनाथ गाउँपालिकामा हालसम्म ७ सय ३ जना कोरोना संक्रमित भएको मध्ये ४ सय २२ जनाले कोरोनालाई जितेका छन् भने २०  जनाको निधन भएको र हाल २ सय ६२ जना संक्रिय संक्रमति रहेका छन् । त्यसैगरी राप्तीसोनारी गाउँपालिकामा हालसम्म ५ सय २७ जना कोरोना संक्रमित भएको मध्ये ४ सय २४ जनाले कोरोनालाई जितेका छन् भने हालसम्म कसैको पनि निधन भएको छैन् भने हाल अहिले संक्रिय संक्रमतिको संख्या शून्य रहेको छ । बाँके जिल्लामा हालसम्म १५ हजार १ सय ६९ जना संक्रमित भएका मध्ये १२ हजार १ सय २० जनाले कोरोनालाई जितेका छन् भने २ सय ३६ जनाको निधन भएको र हाल २ हजार ८ सय १६ जना संक्रिय संक्रमति रहेका छन् ।

Nabintech