१५ चैत्र २०८०, बिहीबार
बाँके प्रहरीका लागि १० बेडको अक्सिजनसहितको आईशोलेशन

  • टाइम्स संवाददाता

  • ५ जेष्ठ २०७८, बुधबार १७:२२

बाँके प्रहरीले आफ्ना सहकर्मीका लागि लक्षित गरी १० बेड क्षमता भएको अक्सिजन सहितको आईसोलेसन केन्द्र निर्माण गरेको छ । कर्तव्य पालनको दौरानमा कोरोना भाइरसबाट संक्रमित हुने प्रहरीहरुका लागि छुट्टै १० बेडको आइसोलेशन केन्द्र तयार पारिएको जिल्ला  प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक ओमबहादुर रानाले जानकारी दिए । उनले ४ बेड अक्सिजन सहितको रहेको र बाँकी बेड नर्मल अवस्थाको तयार गरिएको बताए । विश्व महामारिको रुपमा फैलिरहेको कोभिड–१९ बाट संक्रमित प्रहरी कर्मचारीहरुलाई आईसोलेसनमा राख्नको निमित्त नेपालगञ्ज उप–महानगरपालिका वडा नं १० गणेशमान चोकमा रहेको निःशुल्क लागू औषध परामर्श केन्द्रको भवनमा आसोलेशन केन्द्र निर्माण गरिएको हो । सो आईशोलेशनमा मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्जको प्राबिधिक सहयोग सहकार्यमा अक्सिजन सहितको ४ बेड र साधारण ६ वटा गरी १० बेड क्षमता भएको आईसोलेसन केन्द्र स्थपना गरिएको छ । बाँकेमा दोस्रो भेरियन्टको कोरोना संक्रमण फैलिएपछि ४१ जना प्रहरी कर्तब्य पालनको क्रममा संक्रमित भएको र ती मध्ये ३१ जना कोरोना संक्रमण मुक्त भई घर फर्केको प्रहरी उपरीक्षक रानाले बताए । उनले संक्रमित मध्ये १ भेरी अस्पताल, २ व्हाईटहाउस आईशोलेशन र ७ जना होम आइशोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेको जानकारी दिए ।

Nabintech