८ बैशाख २०८१, शनिबार
बाँकेमा ३ सय ४२ थपिए, ३८३ डिस्चार्ज, बाँकेमा थप १७ जनाको निधन

  • टाइम्स संवाददाता

  • ७ जेष्ठ २०७८, शुक्रबार १७:४५

बाँकेमा कोरोना भाईरसका ३ सय ४२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालको ल्याब गरिएको कुल ३ सय ४ जना मध्ये २ सय ८, मेडिकल कलेज कोहलपुरको ल्याबमा गरिएको कुल ९३ जना मध्ये ३८जना, र बागेश्वरी ल्याबमा १ सय ८६ जनाको परिक्षण गर्दा ९६जना गरी बाँकेमा ३ सय ४२ जनामा संक्रमणको पृष्टि भएको छ । आज थप भएका मध्ये बाँकेका २ सय ६ जना रहेका छन् भने बाहिरी जिल्लाका १ सय ३० जनामा संक्रमण पृष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज अ‍ोलीले बताएका छन् । आज थप भएका संक्रमित सहित बाँकेमा हालसम्म १६ हजार ४ सय ३६ जनामा संक्रमण पृष्टि भएको छ । त्यस्तै आज १ सय ५५ महिला र १ सय ८३ जना पुरुष गरी ३ सय ८३ जनाले कोरोनालाई जितेका छन् भने हालसम्म १४ हजार २४ जनाले कोरोना भाईरसलाई जितेका छन् । बाँके जिल्लामा कोरोना भाईरसबाट संक्रमित भएका १ हजार ७ सय ७ जनाले होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ४ सय २४ जना रहेका छन् । यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिररहेकाको संख्या १ सय २४ जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । हालसम्म बाँके जिल्लामा ४ सय ९१ जनाको बाँकेमा निधन भएको छ ।
बाँकेमाथप १७ जना संक्रमितको मृत्यु
बाँकेमा कोरोना भाइरस संक्रमणका नयाँ विरामी भेटिने क्रम निकै घटेपनि जिल्ला र जिल्ला बाहिरबाट उपचारका लागि आएका संक्रमितहरुको मृत्यु हुने क्रम भने घटेको छैन । सोही क्रममा बाँकेमा विहिबार साँझदेखि शुक्रबार साँझसम्म थप १७ जनाको मृत्यु भएको छ । पश्चिम नेपालकै गम्भीर किसिमका संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा ९ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ८ जना गरि कुल १७ जनाले संक्रमणका कारण ज्यान गुमाएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । उपचारकै क्रममा ज्यान गुमाउनेहरुमा बाँकेका १० र बाहिरी जिल्लाका ७ जना संक्रमित रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो । उहाँका अनुसार मृत्यु हुनेहरुमा स्वर्गद्वारी नगरपालिका–५ प्युठानका ४० वर्षीय पुरुष, घोराही उपमहानगरपालिका–५ दाङका ३५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१० का ७१ वर्षीय पुरुष, कालिमाटी गाउँपालिका–२ सल्यानका ३४ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका–१० कैलालीका ४० वर्षीया महिला, गुलरिया नगरपालिका–६ बर्दियाका ५५ वर्षीया महिला रहेका छन् । त्यस्तै नेपालगञ्ज उपमहानगरपालिका–१३ बाँकेका ६३ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१४ बाँकेका ३६ वर्षीया महिला, खजुरा गाउँपालिका–७ बाँकेका ४८ वषीय पुरुष, जानकी गाउँपालिका–५ बाँकेका ५० वषीय पुरुष, लम्कीचुहा नगरपालिका–३ कैलालीका ६७ वर्षीय पुरुष, राप्तिसोनारी गाउँपालिका–३ बाँकेका ३३ वर्षीय पुरुष, खजुरा गाउँपालिका–३ बाँकेका ६७ वर्षीय पुरुषको पनि कोभिड संक्रमणकै कारण उपचारका क्रममा निधन भएको ओलीले बताउनुभयो । सोही प्रकारले कपुरकोट गाउँपालिका–४ सल्यानका ४४ वर्षीय पुरुष, राप्तिसोनारी गाउँपालिका–८ बाँकेका ५५ वर्षीया महिला, बैजनाथ गाउँपालिका–६ बाँकेका २५ वर्षीय पुरुष र बैजनाथ–४ का ४३ वर्षीया महिलाको समेत संक्रमणकै कारण मृत्यु भएको छ । योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २२२ जना र जिल्लाकै २६९ जनाको हालसम्म मृत्यु भईसकेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

Nabintech