१५ चैत्र २०८०, बिहीबार
बाँकेमा ३ सय ९० थपिए, ४५२ डिस्चार्ज, बाँकेमा थप ८ जनाको निधन

  • टाइम्स संवाददाता

  • ९ जेष्ठ २०७८, आईतवार १७:३०

बाँकेमा कोरोना भाईरसका ३ सय ९० जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालको ल्याब गरिएको कुल ३ सय ६८ जना मध्ये २ सय ६५, मेडिकल कलेज कोहलपुरको ल्याबमा गरिएको कुल १ सय १२ जना मध्ये ३६ जना, र बागेश्वरी ल्याबमा १ सय ९० जनाको परिक्षण गर्दा ८९ जना गरी बाँकेमा ३ सय ९० जनामा संक्रमणको पृष्टि भएको छ । आज थप भएका मध्ये बाँकेका १ सय १४ जना रहेका छन् भने बाहिरी जिल्लाका २ सय ७६ जनामा संक्रमण पृष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज अ‍ोलीले बताएका छन् । आज थप भएका संक्रमित सहित बाँकेमा हालसम्म १६ हजार ७ सय ८५ जनामा संक्रमण पृष्टि भएको छ । त्यस्तै आज २ सय ३ महिला र २ सय ४९ जना पुरुष गरी ४ सय ५२ जनाले कोरोनालाई जितेका छन् भने हालसम्म १४ हजार ६ सय ७९ जनाले कोरोना भाईरसलाई जितेका छन् । बाँके जिल्लामा कोरोना भाईरसबाट संक्रमित भएका १ हजार ५ सय ५७ जनाले होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ३ सय ९४ जना रहेका छन् । यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिररहेकाको संख्या १ सय २१ जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । हालसम्म बाँके जिल्लामा ५ सय १३ जनाको बाँकेमा निधन भएको छ ।
बाँकेमा थप ८ संक्रमितको मृत्यु
बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कैलालीका चार, दाङका दुई, बर्दिया र सल्यानका एक÷एक जना गरी आठ जना संक्रमितको मृत्यु भएको हो । कैलालीको जानकी गाउँपालिका–९ की ७५ वर्षीया महिला, कैलालीकै टिकापुर नगरपालिका–१ का ६० वर्षीय पुरुष, टिकापुर–७ का ३५ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका–६ की ३३ वर्षीया महिलाको मृत्यु भएको हो । ७५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार साँझ मृत्यु भएको हो । उनीमा जेठ ३ गते संक्रमण पुष्टि भएको थियो । ६० वर्षीय वर्षीय पुरुष, ३५ वर्षीय पुरुष र ३३ वर्षीया महिलाको भेरी अस्पतालमा शनिबार नै मृत्यु भएको हो । ६० वर्षीय वर्षीय पुरुषमा वैशाख १० गते, ३५ वर्षीय पुरुषमा वैशाख १७ गते र ३३ वर्षीया महिलामा वैशाख २८ गते संक्रमण पुष्टि भएको थियो । दाङको बबइ गाउँपालिका–२ का ९२ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–१ की ४५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको ओलीले बताए । ९२ वर्षीय पुरुषमा वैशाख ३१ गते र ४५ वर्षीया महिलामा जेठ ४ गते संक्रमण पुष्टि भएको थियो । बर्दियाको ठाकुरबाबा नगरपालिका–७ का ३८ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा वैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो । यसैगरी सल्यानको शारदा नगरपालिका–१ का ५० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बहान ६ बजे मृत्यु भएको हो । उनीमा जेठ ४ गते संक्रमण पुष्टि भएको थियो ।

Nabintech