१५ चैत्र २०८०, बिहीबार
किसानलाई तत्काल कोरोना बिरुद्धको खोप उपलब्ध गराउन फोर एच नेपालको माग

  • टाइम्स संवाददाता

  • ११ जेष्ठ २०७८, मंगलवार १७:०९

फोर एच नेपालले एक वक्तव्य जारी गरी किसानलाई तत्काल कोराना बिरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । साथै, किसानलाई फ्रन्टलाइन वर्कर तथा कृषिलाई उच्च जोखिमयुक्त क्षेत्र घोषणा गर्न पनि सरकारसँग माग गरिएको छ । फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीद्वारा जारी गरिएको वक्तव्यमा अगाडि भनिएको छ, किसानलाई मल र बीउ खरिद गर्न तथा कृषिजन्य सामाग्री बजारसम्म पुर्याउन कठीनाई भएकाले किसानका लागि स्थानीय तहबाटै पासको व्यवस्था गर्न भनिएको छ । वक्तव्यमा भनिएको छ, सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा असिनापानी तथा खराब मौसमको कारण उत्पादनमा कमी आएको भन्दै तत्काल खाद्यान्न उपलब्ध गराउन तथा किसानलाई उचित क्षतिपूर्ती उपलब्ध गराउनका लागि नेपाल सरकारसँग माग गरिएको छ । बिगत वर्षजस्तै यो वर्ष पनि मलको समस्या देखिन सक्ने भन्दै तत्काल किसानलाई मल उपलब्ध गराउने व्यवस्था मिलाउन वक्तव्यमा भनिएको छ । साथै, किसानले लिएको कृषि ऋणलाई सहुलियत दिन र ब्याज तिर्ने समयसिमा बढाउन पनि वक्तव्यमा भनिएको छ । अवस्थीद्वारा जारी वक्तव्यमा भनिएको छ, आगामी वर्षको नीति तथा कार्यक्रममा किसानका लागि विशेष व्यवस्था गर्न तीनै तहका सरकारसँग जोडदार माग गरिएको छ । कोभिड १९ को दोस्रो भेरियन्टले महामारीको रुप लिएसँगै नेपाल सरकारले गरेको लकडाउनको कारण कृषि व्यवसाय तथा किसानहरुले ठूलो समस्या झेल्दै आइरहेका र कृषि उत्पादन, बजारीकरण तथा उद्यमशिलतामा दिनानुदिन थप नयाँ समस्या तथा चुनौतीहरु थपिदै गइरहेको फोर एच नेपालको ठहर रहेको वक्तव्यमा भनिएको छ ।

Nabintech