१५ चैत्र २०८०, बिहीबार
माओवादी केन्द्र कोहलपुरद्धारा खाद्यान्न सहयोग

  • टाइम्स संवाददाता

  • १२ जेष्ठ २०७८, बुधबार १५:५८

नेकपा माओवादी केन्द्रले बाँकेको कोहलपुर क्षेत्रभित्र रहेका अति विपन्न ५० घर परिवारलाई खाद्यान्न सहयोग गरेकोछ । माओवादी केन्द्र कोहलपुरले प्रति घर परविारलाई २५ किलो चामल सहयोग गरेको हो । कोरोना महामारीसँगै उत्पन्न परिस्थितीले समस्यामा परेका घरपरिवारलाई खाद्यन्न उपलब्ध गराएको हो । कोरोना भाईरसको महामारीमा माओवादी केन्द्रले जनतालाई विभिन्न क्षेत्रबाट सहयोग गरिरहेको जानकारी दिँदै यसअघि स्वास्थ्य सामग्री वितरण, निःशूल्क शव व्यवस्थापन तथा चिकित्सकसहित नगर क्षेत्रमा घरदैलो अभियान गर्दै आएको नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले बताएका छन् । साथै उनले माओवादी केन्द्र कोहलपुर नगर कमिटिले कोरोनाका कारण लागु गरिएको बन्दाबन्दीबाट प्रत्यक्ष समस्यामा परेका घरपरिवारलाई खाद्यान्न वितरण गरिएको बताउँदै कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवार, जनयुद्धका घाइते अपंगता भएका व्यक्ति तथा अति विपन्न अवस्थामा रहेका स्थानियहरुलाई दैनिक उपभोग्य खाद्य सामग्री उपलब्ध गराईने बताएका छन् । राहत वितरणकालागि पार्टीले कोरोना रहात कोष स्थापना गरी राहत संकलन सुरु गरेको न्यौपानेले बताए । त्यसैगरी नरेन्द्र न्यौपानेको नेतृत्वमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका चिकित्सक देबेन्द्र आचार्य सहितको टोलीले नगरभित्रका हरेक वडामा पुगी कोरोना संक्रमित बिरामीहरुको प्रत्यक्ष निगरानीका साथै आवश्यक परामर्शसहितको सेवा उपलब्ध गराउँदै आएको नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटिले जनाएको छ ।

Nabintech