१६ चैत्र २०८०, शुक्रबार
भेरीका स्वास्थ्यकर्मी माथि कुटपिट गर्नेलाई कारवाही गर्न युवा संघ बाँकेको माग

  • टाइम्स संवाददाता

  • १४ जेष्ठ २०७८, शुक्रबार १९:२०

बाँकेको भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्यकर्मी माथि भएको कुटपिटको घटनालाई लिएर युवा संघ बाँकेले एक बिज्ञप्ति निकालेर आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमाले निकट युवा संघ नेपाल बाँकेका अध्यक्ष कुस्माखर बस्याल र सचिव सुनिल रसाइलीले हस्ताक्षर गरेको बिज्ञप्ति मार्फत घटनामा सलग्नलाई कारवाहीको माग गरिएको छ । अस्पतालमा कार्यरत डाक्टर तथा नर्स माथि कुटपिट गर्ने जो कोहि भए पनि कडा कारबाही गर्न यूवा संघ बाँकेले माग गरेको छ । कोरोना कहरमा फ्रन्टलाइनमा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुको मनोबल घट्ने क्रियाकलाप भैरहेकोले सो को बिरोध गर्दै युवा संघले त्यस्ता क्रियाकलापमा संलग्नलाई प्रशासन तथा सम्बद्ध निकायले कडा कारबाही नगरे युवा संघ बाँके आफैले कारबाही गर्ने चेतावनी दिएको छ । युवा संघ बाँकेले कोरोना संक्रमणको उपचार तथा नियन्त्रणमा बाँकेका स्वास्थ्यकर्मीले खेलेको भुमिका प्रशंसा योग्य रहेको र स्वास्थ्यकर्मीको मनोबल खस्कने गरि भएका यस्ता घटनाले कोरोना रोकथाम र नियन्त्रणमा उल्लेख कार्य गर्न समेत बाधा आउने हुँदा भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथी भएको हातपात र आक्रमणको निन्दा गर्दै युवा संघ नेपाल बाँके दोषी माथि कडा भदा कडा कारबाहीको माग गरेको छ । को भेरी अस्पताल नेपालगन्जमा उपचाररत दाङका कोरोना संक्रमितको मृत्यु पछि मृतकका आफन्तिले स्वास्थ्यकर्मीमाथी कुटपिट गरेका थिए । जसको कारण स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन् । आफ्नो जिउज्यानको सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मी अहिले आन्दोलनमा छन् । जसको कारण कोरोना संक्रमितको उपचारमा समस्या सृजना हुन सक्ने बताइएको छ ।

Nabintech