४ बैशाख २०८१, मंगलवार
बाँकेमा ४९ जना थपिए, २४० डिस्चार्ज, थप ८ को निधन

  • टाइम्स संवाददाता

  • १६ जेष्ठ २०७८, आईतवार १८:३१

बाँकेका दुई वटा प्रयोगशालामा १ सय ४७ नमुना परीक्षण गर्दा ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोगशालामा ७० नमुना परीक्षण गर्दा १५ जना र बागेश्वरी ल्याबमा ७७ नमुना परीक्षण गर्दा ३४ जना गरि कुल ४९ जनामा कोभिड संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । संक्रमण पुष्टि हुनेहरु मध्य बाँकेका १२ जना छन् । ४ जना महिला र ८ जना पुरुष गरि जिल्लाका १२ जनामा संक्रमण पुष्टि भएको हो । आजसम्म बाँकेमा ७८ हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा हालसम्म १७ हजार ५० जनामा संक्रमण पृष्टि भएका छन् । त्यस्तै हालसम्म १५ हजार ८ सय ७८ जना डिस्चार्ज भएका छन् । जिल्लामा २४० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । ९६ जना महिला र १४४ जना पुरुष गरि कुल २४० जना डिस्चार्ज भएको समितिले जनाएको छ । बाँके जिल्लामा ८५६ जनाले होम आईसोलेसन र ४ सय ६५ जनाले अस्पताल र विभिन्न आईसोलेसन सेन्टरमा स्वास्थ्य लाभ लिईरहेका छन् ।
कोभिड संक्रमित थप आठजनाको मृत्यु
कोरोना भाइरस संक्रमित थप आठजनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पतालमा गरी थप आठ जनाको मृत्यु भएको हो । बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित तुल्सिपुर नगरपालिका–४ दाङका ४२ वर्षीया महिला, बांसगढी नगर पालिका–३ बर्दियाका ४२ वर्षीया महिला, बागचौर नगरपालिका–८ सल्यानका ६१ वर्षीय पुरुष र बढैयाताल गाउँपालिका–५ बर्दियाका ५८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । यसका साथै बिरेन्द्रनगर नगरपालिका–८ सुर्खेतकी ६३ वर्षीया महिला, गेरुवा गाउँपालिका–१ बर्दियाका ६८ वर्षीया महिला, तुल्सिपुर उपमहानगरपालिका–१४ दाङका २४ वर्षीया महिला र बैजनाथ गाउँपालिका–७ बाँकेका ७० वर्षीया पुरुषको पनि उपचारकै क्रममा निधन भएको छ । जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार हालसम्म बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका २८२ जना र जिल्लाकै २८९ जनाको मृत्यु भएको छ ।

Nabintech