१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा १५४ जना थपिए, ४० डिस्चार्ज, थप ७ को निधन

  • टाइम्स संवाददाता

  • २० जेष्ठ २०७८, बिहीबार १७:११

बाँकेजिल्लाका तीनवटा प्रयोगशालामा बिहीबार थप १५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ४३२ नमुना परीक्षण गर्दा १५४ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ । भेरी अस्पताल प्रयोगशालामा ३१० नमूना परीक्षण गर्दा १२६ जना , बागेश्वरी ल्याबमा ६५ नमुना परीक्षण गर्दा २५ जना र मेडिकल कलेज कोहलपुरको ल्याबमा ५७ नमुना परीक्षण गर्दा ३ जनामा गरि कुल १५४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरु मध्य ६८ जना बाँकेका छन् । ३० जना महिला र ३८ जना पुरुष गरि जिल्लाका थप ६८ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ७९ हजार ५६६ जनाको पीसीआर परीक्षण भएको छ । आज जिल्लाका ४० जना डिस्चार्ज भएका छन्। २६ जना महिला र १६ जना पुरुष कोभिड संक्रमणबाट निको भएको समितीले जनाएको छ ।
थप सात जनाको निधन
बाँकेका अस्पतालमा थप सात जना कोरोना भाइरस संक्रमित बिरामीको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा चारजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा तीन जना गरि थप सातको उपचारका क्रममा मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिएका छन् । मृत्यु हुनेहरुमा बढैयाताल गाउँपालिका–४ बर्दियाका ३४ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङका ६५ वर्षीया महिला, बढैयाताल गाउँपालिका–३ बर्दियाका ५५ वर्षीय पुरुष, आठबिस नगरपालिका–४ दैलेखका ३० वर्षीया महिला र कालिमाटी गाउँपालिका–१ सल्यानका ३७ वर्षीया महिला र बाफिकोट ४ रुकुमका २९ वर्षिय र बाँसगढी नगरपालिका–६ बर्दियाका ६६ वर्षीय पुरुषा हुनुहुन्छ । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३०२ जना र जिल्लाकै २९६ जनाको मृत्यु भएको छ ।

Nabintech