७ बैशाख २०८१, शुक्रबार
बाँकेमा जारी निषेधाज्ञा जेष्ठ ३१ गते रातीसम्म लम्बियो

  • टाइम्स संवाददाता

  • २४ जेष्ठ २०७८, सोमबार १८:५१

बाँकेमा जारी निषेधाज्ञा जेष्ठ ३१ गते रातीसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको उल्लेख गरेको छ । कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएपछि बाँके प्रशासनले यसको रोकथाम र नियन्त्रणका लागि गएको बैशाख १३ गतेदेखि बाँकेमा एकहप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि हप्ता हप्ता दिन थप गर्दै जेष्ठ ३१ गतेसम्म पुर्याइएको हो । यसपटक पनि प्रशासनले उपभोग्य वस्तुका पसल व्यवसाय स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरि बिहान ७ बजेदेखि १२ बजेसम्म खुल्न दिने भनेको छ । जिल्लामा निषेधाज्ञाको समयअवधि थपिएपनि बजारमा भने भिडभाड उस्तै छ । पसलहरु मध्यान्ह १२ बजेपछि पनि प्राय: खुल्लै रहने गरेको छ । नागरिक स्तरबाटै निषेधाज्ञाको पालना भएको देखिदैन ।संक्रमणको जोखिम न्युनिकरणका लागि प्रशासनले गरेको निषेधाज्ञामा पनि चहलपहल नरोकिएको भन्दै प्रशासनको आलोचना भैरहेको छ।

Nabintech