१२ बैशाख २०८१, बुधबार
युरो कप : स्लोभाकियासँग पोल्यान्ड पराजित

  • टाइम्स संवाददाता

  • १ असार २०७८, मंगलवार ०७:०५

युरो कप फुटबलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो । समूह ‘ई’ मा रहेको स्लोभाकियाले जितसँगै तीन अङ्क बनाएको छ । स्लोभाकिया शीर्ष स्थानमा छ भने पुछारमा रहेको पोल्यान्डले अङ्क जोड्न सकेको छैन ।  गएराति भएको खेलमा स्वीडेनसँग बराबरीमा रोकिएपछि यही समूहमा रहेको स्पेन दोस्रो स्थानमा छ ।

Nabintech