१३ बैशाख २०८१, बिहीबार
युरो कप फुटबलमा आज स्पेन र क्रोएसिया तथा फ्रान्स र स्विट्जरल्यान्ड खेल्दै

  • टाइम्स संवाददाता

  • १४ असार २०७८, सोमबार ०७:१७

युरो कप फुटबलको नकआउट चरणमा आज दुई वटा खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा डेनमार्कको पार्केन एरिनामा राति पौने दश बजे स्पेन र क्रोएसिया तथा रोमानियाको नेसनल एरिनामा राति पौने एक बजे फ्रान्स र स्विट्जरल्यान्ड खेल्न लागेका हुन् । स्पेन समूह ‘ई’बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्पेनले ३ खेल खेलेकोमा स्विडेन र पाेल्यान्डसँग बराबरी खेलेको थियो भने स्लोभाकियालाई ५–० गोलले हराएको थियो । क्रोएसिया समूह ‘डी बाट उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । क्रोएसिया इङ्ग्ल्यान्डसँग पराजित भएको थियो । त्यस्तै चेक रिपब्लिकसँग बराबरी र स्कटल्यान्डलाई ३–१ गोलले हराएको थियो । यस्तै साविकको उपविजेता फ्रान्स समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फ्रान्सले जर्मनीलाई हराएको थियो भने हङ्गेरी र पोर्चुगलसँग बराबरी खेलेको थियो । स्विट्जरल्यान्ड समूह ‘ए ‘बाट उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । स्विट्जरल्यान्डले वेल्ससँग बराबरी खेलेको थियो भने इटलीसँग पराजित भएको थियो । त्यस्तै टर्कीलाई ३–१ गोलले हराएको थियो ।

Nabintech