८ बैशाख २०८१, शनिबार
बाँकेमा कोरोनाका ३६ जना संक्रमित थपिए, ८ जना डिस्चार्ज, एकको मृत्यु

  • टाइम्स संवाददाता

  • २५ असार २०७८, शुक्रबार १८:४६

बाँकेमा पछिल्लो २४ घण्टामा थप ३५ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १८४ नमुना परीक्षण गर्दा ३५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ९६ नमुना परीक्षण गर्दा ३०, नेपालगञ्ज मेडिकल कलेजमा ४७ नमुना परीक्षण गर्दा ४ जना र बागेश्वरी प्रयोगशालामा ४१ नमुना परीक्षण गर्दा शून्य गरी १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका ६ जना छन् । २ जना महिला र ४ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८५ हजार ४ सय २४ नमुना परीक्षण गर्दा १७ हजार ५ सय २ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ८ जना डिस्चार्ज भएका छन् । ४ महिला र ४ जना पुरुष गरी ८ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार १३६ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।
थप एक जनाको मृत्यु
भेरी अस्पतालमा कोरोना भाइरस संक्रमित थप एकजना बिरामीको मृत्यु भएको छ । अस्पतालमा उपचारका क्रममा मधुवन नगरपालिका–१ का २८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले जनाएको छ । कोभिड संक्रमण पुष्टि भएपछि हिजो भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका उनको हिजै राती ११ बजे मृत्यु भएको समितिका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा अन्यत्रै जिल्लाबाट उपचारका लागि आएका ३६७ जना कोरोना संक्रमित बिरामीको मृत्यु भईसकेको छ । त्यस्तै हालसम्म जिल्लाका ३११ जनाको पनि संक्रमणकै कारण मृत्यु भएको छ ।

Nabintech