१४ बैशाख २०८१, शुक्रबार
प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर, साउन ३ गते अधिवेशन डाक्न आदेश

  • टाइम्स संवाददाता

  • २८ असार २०७८, सोमबार १७:५१

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्ने फैसला गरेको छ । सो सम्बन्धी फैसलाको पूर्णपाठ पछि प्राप्त हुने जनाइएको छ । प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर जबराले साेमबार संक्षिप्त आदेश सुनाउँदै निर्णय बदर भएकाे जनाउनुभएकाे हाे ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित, दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहनुभएको संवैधानिक इजलासले साे फैसला गरेकाे हाे । साथै २०७८ साल साउन ३ गतेका लागि संसदकाे अधिवेशन डाक्न आदेशमा भनिएकाे छ ।  प्रतिनिधिसभा विघटन विरूद्ध सर्वाेच्च अदालतमा ३० वटा मुद्दा परेकाे थियाे । साे मुद्दाकाे सुनुवाइ असार २१ गते सम्पन्न भएकाे थियाे । गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी भएकाे निर्णय बदरकाे माग निवेदनहरूमा गरिएको थियो ।

Nabintech