६ बैशाख २०८१, बिहीबार
एक हजार ९८२ जनामा सङ्क्रमण पुष्टि, एक हजार ६७८ जना निको भए

  • टाइम्स संवाददाता

  • ८ श्रावण २०७८, शुक्रबार १७:३४

पछिल्लो २४ घण्टामा एक हजार ९८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ६९८ आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, तीन हजार ६१० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९९५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ६७८ जना कोरोना सङ्क्रमित निको भएका छन् । सङ्क्रमणका कारण १८ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ६७९ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech