८ बैशाख २०८१, शनिबार
बाँकेमा कोरोनाका १५ जना संक्रमित थपिए, ६ जना डिस्चार्ज, थप एक जनाको निधन

  • टाइम्स संवाददाता

  • ९ श्रावण २०७८, शनिबार १७:०५

बाँकेमा पछिल्लो २४ घण्टामा थप १५ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा २४१ नमुना परीक्षण गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १२३ नमुना परीक्षण गर्दा ११, नेपालगञ्ज मेडिकल कलेजमा ८२ नमुना परीक्षण गर्दा २ जना र बागेश्वरी ल्याबमा ३७ जनामा परिक्षणगर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका ५ जना छन् । ३ जना महिला र २ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८७ हजार ७४६ नमुना परीक्षण गर्दा १७ हजार ५ सय ७७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ६ जना डिस्चार्ज भएका छन् । ४ महिला र २ जना पुरुष गरी ६ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार २२० जना डिस्चार्ज भएको समितिले जनाएको छ ।

साथै कोरोेना भाइरस संक्रमणबाट बाँकेमा एकजना पुरुषको मृत्यु भएको छ । मकौली–८ हेटौंडाका ४७ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो । ती पुरुषलाई साउन ३ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बिहान साढे २ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् । योसँगै बाँकेमा उपचार गर्न आई बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या ३ सय ७६ पुगेको छ भने बाँके जिल्ला भित्रकै भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ ।

Nabintech