७ बैशाख २०८१, शुक्रबार
दुई हजार ६३४ जनामा सङ्क्रमण पुष्टि, ३३ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १३ श्रावण २०७८, बुधबार १६:५९

पछिल्लो २४ घण्टामा दुई हजार ६३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ८८६ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा अहिले २४.२ प्रतिशत सङ्क्रमण दर रहेकाे छ । यस्तै, चार हजार ९२२ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना कोरोना सङ्क्रमित निको भएका छन् । सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ७९१ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.३७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech